लोकसेवा आयोगले जारी गरेको विज्ञापनको विरुद्धमा आन्दाेलनकाे घाेषणा

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापनको विरुद्धमा आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायले आन्दोलनको घोषणा गरेको छ । ‘आरक्षण बचाउ आन्दोलन’ नाम दिएर भइरहेको चरणबद्ध आन्दोलन अन्तर्गत ३२ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरित प्रकाशित भएको लोकसेवा आयोगको विज्ञापनको विरुद्ध आन्दोलन भइरहेको बताइएको छ । यो विज्ञापनलाई स्थगित नगरेसम्म आन्दोलन जारी रहने बताउँदै राज्य सरकार, लोकसेवा आयोग र अदालतको समेत विभेदकारी निर्णय भएको र व्यवहारको विरुद्ध तथा समानुपातिक समावेशी सिद्धान्त र राज्यका अंगमा प्रतिनिधित्व सुनिश्चितताका लागि आन्दोलनको थप कार्यक्रमको घोषणा गर्नुपर्ने विज्ञप्तिमार्फत जनाइएको...