विप्लव समूहलाई वार्ताका लागि सरकारकाे यस्तो सर्त
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले वार्तामा आउनुअघि जनाउनु पर्ने प्रतिबद्धताको विषयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ती कुरा मान्न तयार भए चन्दको दलका नेता कार्यकर्तालाई आममाफी दिन सकिने बताए । दुवै पक्षबीच वार्ताको निम्ति प्रयास भइरहेको भन्ने खबरहरु आइरहँदा पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ती बुँदा सुनाएका हुन् । त्यसमा चन्दको दलले अस्वीकार गर्दै आएका विषयहरू पनि छन् । अनौपचारिक वार्ता प्रधानमन्त्रीका विश्वासपात्र मानिएका मन्त्री बाँस्कोटाले चन्दको दलसँग अनौपचारिक वार्ता भइरहेको कुरा अस्वीकार गरेनन् । त्यसका साथै उनले सरकार सदैव वार्ताको निम्ति तयार रहेको पनि बताए । तर उनले त्यसको निम्ति अहिलेसम्म नेत्रविक्रम...