नेविसंघले लगायो ताला क्याम्पस प्रमुखको राजीनामा माग्दै
जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ। नेविसंघ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताए। आर्थिक अनियमितताको आरोपसहित नेविसंघले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अमियमितता गरेको आरोपसहित नेविसंघले तालाबन्दी गरेको छ। बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत नेविसंघले सातबुँदे मागसहित तालाबन्दी गरेको क्याम्पस एकाइ सचिव थापाले जानकारी दिए। बाजुरा क्याम्पसले आंगिक क्याम्पसको औपचारिक उद्घाटन कार्यक्रम राखेको...