बहुमत प्रधानमन्त्रीसँग छ, राजीनामा दिनुपर्दैन् : गाेकुल बाँस्कोटा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग बहुमत रहेकाले कसैले भन्दैमा राजीनामा दिन नपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले बताएका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग गर्न नमिल्ने बताए । सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठनुमा कुनै तर्क नभएको बताएका हुन बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ दुईवटै पद छोडनुपर्छ भन्ने कुरा हो यो चाहिं काम नलाग्ने ुतर्क हो ।’ उनले भने ‘ यो त नेताहरुलाई पनि थाहा छ ।’ शुक्रबार दुई अध्यक्षले छलफल गर्ने भएकाले समस्या सामधान हुने उनले...