चौरजहारी घटनाको उद्गम जातीय भेदभाव रहेकाे संसदीय छानबिन समितिको निष्कर्ष

काठमाडौं । सांसद देवेन्द्र पौडेल नेतृत्वको संसदीय छानबिन समितिले रुकुम पश्चिमको चौरजहारीमा ६ जना मारिएको घटनामा जातीय भेदभाव र छुवाछुत नै प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ । उक्त समितिले संसदीय समितिले सोही निष्कर्षसहितको प्रतिवेदन मंगलबार अपराह्न सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ । समितिले उक्त घटनाको बारेमा छानबिनको क्रममा पीडित परिवार, गोताखोर, स्थानीयसँग बुझिएकाे स्पष्ट पारे । प्रतिवेदन बुझाउनेक्रममा संक्षिप्त भिडियो सार्वजनिक गर्दै उनले उक्त घटना हुनुमा जातीय विभेद नै प्रमुख कारण भएको ठहर गरेको समितिको निष्कर्ष सुनाए । रुकुम पश्चिम सोतीमा गत १० जेठमा घटित दुःखद घटना हुनुको प्रमुख कारण जातीय भेदभाव तथा छुवाछुत भएको प्रतिवेदनको निष्कर्ष खण्डमा...