माधव नेपाल र झलनाथ खनालको कुरा सुनेपछि प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहितको कुरा सुनेपछि केहीबेरअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि बालुवाटार पुगेका छन । बिहानैदेखि विभिन्न नेताहरूसँग छलफल गरेका प्रचण्डले नेपाल र खनालसँग भने लामै कुराकानी गरेका थिए । पूर्व एमालेको नेता भए पनि पछिल्लो समय नेपाल र खनाल प्रचण्ड समूहको छायाँमा परेका छन । उनीहरूले आफ्नो नेता प्रचण्डलाइ मानेर अघि बढ्ने गरी तयारी समेत गरेका छन । त्यसैका लागि पटक पटक खुमलटारमा बैठक गर्ने गरेका छन । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले महाधिवेशनको प्रस्ताव गरेपछि त्यसमा प्रचण्डले उत्साहित हुँदै समर्थन जनाएका थिए ।...