विमान रित्तै फर्काएपछि सरकारले पुनः निर्णय फेर्‍यो

काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुरु गर्ने भएको छ । विहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड समेत बनाएको छ । यसअघि कतारबाट रित्तो जहाज फर्काएपछि सरकारको चौतर्फी विरोध भएको थियो । गैरजिम्मेवार निर्णय लिएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराई र रक्षामन्त्री ईश्वर पोखरेलबीच भनाभन भएको खबर समेत बाहिरिएको थियो । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्नेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयम्ले व्यहोर्नुपर्ने छ । विदेशबाट आउनेहरुको...