एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । एसिड आक्रमण गर्नेलाई कारबाही गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको छ। अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने प्रधानमन्त्री केपीशर्मा ओलीले बताएका हुन्। यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘१५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उहाँले कानुन मन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ,’ थापाले भने। एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानूनमा व्यवस्था गर्न लागिएको हो। बिहीबार १२ जना एसिड पीडितहरूसँग प्रधानमन्त्रीले संवाद गरेका थिए। एसिड पीडितलाई वीर...