उपचार नपाएर कोरोना सङ्क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिनुहुन्नः अध्यक्ष यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने बताएका छन् । कोरोना सङ्क्रमणबाट यही कातिक ११ गते मृत्यु भएका संविधानसभाका पूर्वसदस्य एवं पार्टीका प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई समवेदना दिन उनी आइतबार त्यहाँ राजविराज पुगेका थिए । समवेदना दिने क्रममा उनले जनताले सबैले निःशुल्क उपचार पाउनुपर्ने मौलिक हकलाई कसैले उलङ्घन गर्न नहुने बताए । पूर्व स्वास्थ्यमन्त्री यादवले सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचार गर्नुपर्ने बताए । रासस