आखिर देउवासँग किन रिसाए रामचन्द्र पौडेल ?

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै गृहनगर दमौलीमा प्रहरीद्वारा लछारपछारमा परेपछि पार्टी सभापति शेरबहादुर देउवासँग रिसाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा बनेको पुल उद्घाटन गर्न जाँदा सत्ताधारी नेकपाका कार्यकर्ताले उनलाई अवरोध पुर्‍याएका थिए । २०४८ सालदेखि २०७० सम्म तनहुँबाट निर्वाचन जितेका पौडेलले आफैंले शुरु गरेको पुल निर्माण सम्पन्‍न भएको २ वर्षपछि उद्घाटन गर्न तनहुँ पुगेका थिए । पछिल्लो निर्वाचनमा पौडेल उक्त क्षेत्रबाट नेकपाका किसान श्रेष्ठसंग सांसदमा पराजित भएका थिए । नेकपा सांसद श्रेष्ठ केही समय अगाडी जनता समाजवादीका सांसद डा.सुरेन्द्र यादव अपहरण काण्डमा आरोपित भएका थिए । आफ्नै गृहनगरमा आयोजित कार्यक्रममा पार्टी कार्यकर्तासँगै पुगेका पौडेललाई नेकपा सांसद...