प्रधानमन्त्रीकाे असम्वैधानिक कदम विरुद्ध जसपा मकवानपुरकाे मशाल जुलुश (भिडियाेसहित)
हेटाैँडा । प्रधानमन्त्री केपी शर्मा ओेलीकाे असम्वैधानिक कदमकाे विराेध गर्दै जनता समाजवादी मकवानपुरले मशाल जुलुस निकालेकाे छ । हेटाैँडा बजारकाे बैँक राेडबाट शुरु भएकाे राँके जुलुुसले सिमा चाेकमा गएर विसर्जन गरेकाे थियाे । राँके जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिगामी ओली सरकार मुर्दावाद, असंवैधानिक कदम खारेज गर, प्रतिनिधिसभा पुनर्स्थापना गराैँ जस्ता नारा लगाएका थिए । जुलुशमा केन्द्रीय नेताहरु साेनाम सिं स्याङतान, साेबिन थिङ लगाय लगायतका प्रदेश तथा जिल्ला नेताहरुकाे सहभागिता रहेकाे थियाे । जुलुश पछि भएकाे काेण सभामा जसपा नेता युनीस थिङले मन्तब्य राखेका थिए । जसपाले भाेली पुस १२ गते हेटाैँडामा विराेध सभा गर्ने तयारी समेत गरेकाे जनाएकाे छ...