आज हेटाैँडामा नेकपा (केपी पक्ष) काे बृहत जिल्ला भेला हुदै
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लाे समय देखिएकाे केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षले एक अर्कालाई राजनैतिक देखि सामाजिक तहमा पार्टी वैधानिकता पक्ष आफु नै भएकाे दाबी गरिरहेकाे छ । यसै क्रममा नेकपाकाे ब्यानरमा कार्यकर्ता भेला, बैठकलेखेर दुबै पक्षले देशभर कार्यक्रम गरिरहेका छन् । जसमा नेकपा प्रति आस्था राख्ने कार्यकर्ताहरुलाई आफ्नाे पक्षमा तान्नकाे लागि जाेडबलले कसरत गरिरहेकाे हामी स्पष्ट देख्न सक्छाैँ । याे क्रम यतिबेला मकवानपुरमा आइपुगेकाे छ । आइतबार पुस १२ मा प्रचण्ड-नेपाल पक्षले बहुसंख्यक कार्यकर्ता उतारेर जिल्ला कार्यकर्ता भेलाकाे नाममा आफु निकट नेता तथा कार्यकर्तालाई पार्टीका लाइन बुझाए । तथापी भेलालाई भ्रम, लेटरप्याडकाे दुरुपयाेग भन्दै...