कर्णाली सरकारको मन्त्रिपरिषद्मा ओली पक्षविहीन

सुर्खेत । कर्णाली सरकारको मन्त्रिपरिषद्मा सत्तारुढ नेकपाको ओली समूह रित्तिएको छ । ओली समूहका दुई मन्त्री दाहाल–नेपाल पक्षमा लागेपछि कर्णालीको सिंगो मन्त्रिपरिषद् ओली पक्षविहीन भएको हो । मुख्यमन्त्रीसहित सबै मन्त्री दाहाल–नेपाल पक्षमा स्पष्टरुपमा खुलेपछि यस्तो अवस्था सिर्जना भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार एक विज्ञप्ति जारी गर्दै समूह फेरेको घोषणा गरेका छन् । ‘कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नका लागि’ दाहाल–नेपाल पक्षको नेकपामा आबद्ध रहेको उनले स्पष्ट पारेका छन् । डोल्पाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले आइतबार कित्ता परिवर्तन गर्ने बताएका थिए । सोही दिन ओली पक्षीय सामाजिक विकासमन्त्री दल रावल र जुम्लाबाट प्रदेशसभामा निर्वाचित...