नेपालमा ओलीज्मको हावा बग्ने खतरा छ : बाबुराम भट्टराई

काठमाडौं । चार वर्ष अगाडि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघे सङ्क्रान्तिको शुभकामना दिँदै गरेको राजनीतिक भविष्यवाणी सत्यको नजिक देखिएको छ । उनले सन् २०१७ मा युवालाई सम्बोधन गर्दै विश्वमा ट्रम्पिज्मको खतरनाक हावा बग्ने र नेपालमा पनि ओलीज्मको हावा बग्ने खतरा देखिएको बताएका थिए । अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ भने नेपाली केपी ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरिदिएका छन् । ‘विश्व यतिबेला ट्रम्पिज्मको खतरनाक हावामा बग्दैछ भने नेपालमा पनि ओलीज्मको हावा बग्ने खतरा देखिएको छ,’ डा. भट्टराईले यसको कारण खोतल्दै भनेका थिए, ‘अन्य थुप्रै कारणहरूका अतिरिक्त यसको एउटा मुख्य कारण एक्काइसौं शताब्दीसम्म आइपुग्दा...