माघ २८ मा नेकपा प्रचण्ड-माधव समुहकाे काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी

काठमाडौं, १५ माघ । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी सुरु गरेको छ । पार्टीका नेता विष्णु रिजालका अनुसार नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको विहीबार बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्‍याउनेमा जोड दिएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनम र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् । नेता रिजालका अनुसार आफूहरूसँग केन्द्रीय कमिटीको दुई...