आम हड्तालकाे क्रममा अष्टलक्ष्मी शाक्यसहित दर्जनाैँ नेता पक्राउ

काठमाडौँ । विभाजित नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको आम हड्ताल सफल पार्न देशव्यापीरुपमा प्रमुख शहरका चोकचोकमा प्रदर्शनकारीको ठूलो संख्यामा उपस्थिति देखिएको छ । बन्दविरुद्ध कडारुपमा प्रस्तुत भएको सरकारले पनि व्यापक मात्रामा प्रहरी परिचालन गरेको छ । आम हड्ताल आयोजकहरुले बिहीबार बिहानैदेखि राजधानीमा विरोध प्रदर्शनलाई व्यापक बनाएका छन् । नेकपाले उपत्यकाका ११ प्रमुख स्थानमा कमाण्डर तोकेको छ । रत्नपार्कमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता पनि सहभागी छन् । यातायात आवागमनमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीमध्ये झण्डै चार दर्जन नेकपा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । नेकपा नेता विष्णु रिजालका अनुसार बिहीबार बिहानै प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान...