ओलीज्मको अन्तिम प्रहार नेपाली कांग्रेसमाथि हुनेछ : प्रचार विभाग प्रमुख खतिवडा
काठमाडौं । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ओलीज्मको अन्तिम प्रहार नेपाली कांग्रेसमाथि हुने तर्क गरेका छन् । नेकपा नेतृ रामकुमारी झाँक्री गिरफ्तारी प्रकरणसँग जोडेर केही प्रश्नहरु उठाउँदै नेता खतिवडाले यस्तो तर्क गरेका हुन् । रामकुमारी झाँक्रीको गिरफ्तारीले केही प्रश्नहरु उठाएको भन्दै उनले ओलीज्म सफल भयाे भने अन्तिम प्रहार कांग्रेसमाथि हुने र फासीवाद र लिवरल डेमोक्रेसी संगसंगै हिड्नै नसक्ने जिकिर गरेका छन् । यस्तो छ खतिवडाका केही प्रश्नहरु- १. रामकुमारीहरुले सडकमा गणतन्त्रको लागि रगत पसिना बगाउँदा ओली-विद्या पार्टी केन्द्रीय कमिटीमा गणतन्त्रमा जानु हुँदैन भनेर नाेट अफ डिसेन्ट लेख्दै थिए । गणतन्त्रमा उनीहरु सत्तामा पुगेर रामकुमारीलाइ पक्राउ गर्ने...