ओली र प्रचण्ड-माधव कसैकाे पक्षमा पनि काँग्रेस छैन : शशांक काेइराला

हेटाैँडा। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् । रेडियो मकवानपुरको शनिबार हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, ‘हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।’ महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । सोच विचार गरेरमात्र काँग्रेसले सहकार्य गर्ने उनको भनाइ थियो । अहिले काँग्रेसले नेकपाको कुनै पक्षबारे निर्णय नलिएको उल्लेख गर्दै उनले सदनमा उनीहरुको प्रस्तुतिको आधारमा काँग्रेसले आफ्नो...