बाबुरामलाई प्रधानमन्त्री बन्न सहपाठी कमल थापाकाे प्रस्ताव
काठमाडौं । नयाँ दिल्लीमा शंकास्पद क्यान्सरको निक्र्योल गरी फर्किएको भोलिपल्टै जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ राजनीतिक सहमतिसहितको चुनावी सरकार बनाउन अपील गरेका छन् । ट्वीटरमार्फत उनले १० दिन प्रवासमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कँदा आफ्नो भन्दा देशको अवस्थाले गम्भीर बनाएको भन्दै लेखेका छन्, ‘अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्केको राजनीतिक सहमति हो । बाटो विराए पुरानै ठाउँमा फर्कनू भनेझैं एक पटक ‘फर्गिभ एण्ड फर्गेट’ को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनाबी सरकार निर्माण गरौं ।’ लगत्तै अर्को ट्वीट गरी उनाले सहमतिको चुनावी सरकारसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिमा संविधान संशोधन गर्ने, सैवैधानिक अंगहरुलाई निश्पक्ष...