२४ घण्टे समयसिमा ताेकेर नेपाल–खनाल समूहका २२ सांसदले राजीनामा दिँदै

काठमाण्डाैँ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २२ सांसदले पार्टीबाट राजीनामा दिने तयारी गरेका छन् । उनीहरुले २४ घण्टे समयसिमा ताेकिएकाे बताइएकाे छ । उनीहरुको राजीनामा आएमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउने छन् । उनले अल्पमतको सरकार पनि बनाउन पाउने छैनन् । ओलीलाई पार्टीभित्रको विश्वास जोगाउने अन्तिम मौका आज (आइतबार) मात्रै छ । सोमबार संसद्मा विश्वासको मतमाथि छलफल हुँदै छ । ओलीसँग नेपाल र खनाल समूहको वार्ता पटक–पटक भए पनि कुनै निस्कर्ष निस्कन नसक्दा सांसदले राजीनामाको तयारी गरेका हुन् । राजनीनामा आएमा ओलीको विकल्पमा नयाँ सरकार बन्ने बाटो पनि खुला हुने छ । एमाले सांसदको...