प्रधानमन्त्रीकाे प्रस्तावमा तटस्थ रहने : महन्त ठाकुर

काठमाण्डाैँ । जनता समाजवादी पार्टीका कार्यकारीणी समितिका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले राखेको विश्वासको मतमा तटस्थमा रहने बताएका छन् । आज संसदमा आफ्नाे भनाइ राख्दै अध्यक्ष ठाकुरले आफ्ना हाम्रा साथी र सांसद जेलमा रहेका र मुद्दा खेपिरहेको अवस्थामा आफूहरूले कसैलाई पनि साथ दिन नसकेको बताउनुभयो । ओलीले आफ्ना १ सय २० जना कार्यकर्ताको मुद्दा फिर्ता लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भन्दा फरक व्यवहार देखाएको भन्दै धन्यवाद समेत दिन भ्याए ।