प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा : भीम रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले असाधारण पाइला चाल्नकाे लागि असाधारण पाइला चाल्नु पर्ने बताएका छन् । आज साँझ सामाजिक सन्जाल ट्वीटरमा राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले नेपाल खनाल समूहका सबै सांसदले राजीनामा दिनुपर्ने संकेत गर्दै यस्ताे बताएका हुन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ। — Bhim...