विपक्षी दलहरु काँग्रेस, माओवादी केन्द्र र जसपा दिर्घकालिन सहकार्य गर्न सहमत

काठमाडाैं । विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र– बाबुराम पक्ष दिर्घकालिन रुपमा सहकार्य गर्न सहमत भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधानको रक्षा र लोकतन्त्रका लागि दिर्घकालिन रुपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । सभापति देउवासहित काँग्रेसका नेताहरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु र जसपाका अध्यक्ष यादवसहितका केही नेता बैठकमा जुटेका थिए । बैठकमा गठवन्धन सरकारका लागि दावी पेश गर्ने भनिएपनि अन्तिममा बहुमत पुर्‍याउन नसकेको बिहीबारको घटनाबारे समिक्षा भएको नेताहरुले जनाएका छन् । तीन दलले सरकार कोरोना संक्रमण नियन्त्रणका...