देश काेराेना महामारी र अन्त्यहीन राजनीतिमा फसेकाे भन्दै बाबुरामकाे चिन्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देश अन्त्यहीन राजनीतिक गतिरोधमा फसेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय राष्ट्रिय एकतामार्फत् राष्ट्रिय सरकार बनाएर कोभिड लगायतका समस्याविरुद्ध एकीकृतरुपमा जुध्न आवश्यक रहेको बताउँदै आएका भट्टराईले यस्तो चिन्ता व्यक्त गरेका हुन् । राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेपछि आलोचना र विभिन्न हल्लाहरुको केन्द्रमा रहेका भट्टराईलाई केपी ओलीका विश्वास पात्र महेश बस्नेतले ‘बाबुरामले बालुवाटार पुगेर प्रधानमन्त्री बनाइदिन हारगुहार गरेको’ बताए पछि उनी चर्चामा आएका छन् । भट्टराईले देशको संकट हल गर्न सबै दलको सहभागिता र वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका थिए...