महन्थ ठाकुरले बोलाए आफुपक्षीय सांसदहरुको बैठक
काठमाडौं । जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको मात्र बैठक बोलाएका छन् । बैठक बिहान १०/११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको बताइएपनि यसबारे आफुहरुलाई जानकारी नभएकाे बाबुराम-उपेनद्रका एक सांसदले जानकारी दिए । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि बसेको महन्थ ठाकुर पक्षधर सांसदहरुको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । सांसदरहरुकाे बैठक डाक्नु र आफुनिकटलाई मात्र डाक्नु राम्राे संकेत नभएकाे जसपाका एक नेताले बताए ।