संसद विघटनपछि सक्रिय हुँदै सभामुख

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनका विषयमा परामर्श थालेका छन् । संसद विघटनपछि सभामुखको भूमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा परामर्श गरिरहेका सभामुख सापकोटाले आज संविधानविद्, कानुनी तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श गर्न लागेको सचिवालयले जनाएको छ । बिहीवार (आज) दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्नेछ । यसअघि मंगलवार सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गरेका थिए । मंगलवार पूर्व सभामुखहरु तारानाथ रानाभाट, रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरासँग परामर्श गरेका हुन् । पूर्व सभामुख रानाभाट भर्चुअल माध्यमबाट उपस्थिती जनाएका थिए भने अन्य तीन जना भौतिक रुपमै उपस्थिती भएर परामर्श गरेका हुन् ।...