गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित चार विना विभागीय मन्त्रीले लिए सपथ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र चार मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यलयमा अहिले एक समारोहकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । मुख्यमन्त्री पोखरेलले सबै मन्त्रालय आफै मातहत राखेका छन् । यसैगरि कुमार खड्का, हरिशरण आचार्य, मधु अधिकारी र राजिव गुरुङले विना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।