बजेट अधिवेशनमा सांसदलाई बोल्न नदिएकाे भन्दै सुदुरपश्चिम प्रदेशसभामा घाेचपेच

कैलाली । सुदूरपश्‍चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुबीच घोचपेच भएको छ । बैठकको विशेष समयमा नेकपा (एमाले)का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरुलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा रजौटाहरुको राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन गर्ने, पार्टी निर्णय उलंघन गर्ने र सदनलाई व्यक्तिको बन्धक बनाउने कार्यप्रति जनताले क्षमा नदिने जिकिर गरेका थिए । एक हप्ता पर्खिदासम्म पनि बजेट अधिवेशनमा बोल्न नपाउने अवस्था संसदीय दलबाट सिर्जना गरिएपछि सभामुखसँग गरिएको लिखित आग्रहमा विशेष समयमा बोल्ने अवसर पाइएको भन्दै उनले भने,‘एमाले सांसदलाई बोल्न नदिने चेष्टा गरिएको छ, यो दिन एमाले संसदीय दलको इतिहासमा हामीले विशेष रुपमा हेरेका छौं...