माधव नेपालले छोड्दैमा एमाले दुब्लाउँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद मिल्नुको सट्टा झन् बढ्दै जान थालेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको नाममा अब कसैलाई पर्खन नसकिने जनाउ दिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गर्ने एमाले नेताहरुले सोमबारसम्म पनि हस्ताक्षर फिर्ता नलिएपछि अब पलायन हुन खोजेकालाई पार्टी एकताको नाममा फिर्ता ल्याउन नसकिने उनको भनाइ थियो । एमाले केन्द्रीय समितिको पछिल्लो बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने निवर्तमान सांसदहरुलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिने समय दिएको थियो । तर, हस्ताक्षरकर्ता माधव नेपालसहितका सांसदहरुले भने अदालतमा गइसकेको विषय अदालतबाटै छिनोफानो नहुँदासम्म हस्ताक्षर फिर्ता लिन नसकिने बताउँदै आएका...