एमाले महाधिवेश पन्चर्याली जस्तै हो : प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन्। शनिवार प्रदेश सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने बताए। पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्न आफैलाई रूपान्तरण जरुरी रहेको उनको भनाई छ। ‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडलको खोजी गर्नुछ’, प्रचण्डको भनाइ छ। उनले त्यस्तो नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको दाबी गरे। उनले आफूहरू मिसन भड्किएका यात्री जस्ता भएको टिप्पणी पनि गरे।...