आज वालुवाटारमा सर्वदलीय बैठक बस्दै
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन्। आज बिहान ९ बजे बालुवाटारमा बस्ने गरी देउवाले शुक्रबार बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकपछि सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक राखेको उनको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवाले चुनावबारे छलफल गर्न सर्वदलीय बैठक राखेका छन्। यसअघि राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित भएको थिएन। यश पटक एमाले सहभागी हुने प्रमुख सचेतक बिशाल भट्टराईले बताएका छन् । शुक्रबार नै सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।