निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा जेठ ४ भित्र स्थानीय तहको चुनाव गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमासमेत जेठ ४ मा स्थानीय तहको चुनाव गर्ने समझदारी बनेको छ । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताए । संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्दै उनले यस सम्बन्धमा आफूहरुले पटक–पटक सरकारलाई ध्यानकर्षण गराएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने...