एमसीसीमा माओवादी नीति : माछा देखे भित्र हात सर्प देखे बाहिर हात
काठमाडौ । जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले एमसीसीका सन्दर्भमा माओवादीको दुई जिब्रे नीतिको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिर-बाहिर राष्ट्रबाद ! माछा देखे भित्र हात सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद !’ उनले एमसीसीका सन्दर्भमा माओवादीले देखाएको दोहोरो प्रवृत्तिको आलोचना गरेका हुन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका सन्दर्भमा पठाएको पत्र सार्वजनिक भएपछि डा.भट्टराईले ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले नेपाली राजनीति यस्ता दुई जिब्रे पाखण्डी प्रवृत्तिबाट मुक्त नहुँदासम्म देश नबन्ने पनि प्रष्ट पारेका छन् । जसरी अहिले एमसीसीलाई गिजोलियएको छ त्यसको...