कांग्रेस सिन्धुपाल्चोकको सभापति बने तामाङ

चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन्। आइतबार भएको चुनावमा बंशलाल तामाङलाई पराजित गर्दै उनी सभापति बनेका हुन्। आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार जंगबहादुरले ९१२ मत पाए भने सभापतिका अर्का उम्मेदवार वंशलालले ८४८ मत पाए। सभापतिमा आइतबार दोस्रो चरणको मतदान भएको थियो। मतदानमा १७८३ मत खसेको थियो। जंगबहादुर संस्थापन पक्षका उम्मेद्वार थिए। बंशलाललाई यसअघि पहिलो चरणको मतदानमा तेस्रो बनेका प्रेमध्वज लामाको समर्थन थियो। जंगबहादुर कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतनिकट मानिन्छन्। यहाँ संस्थापन पक्षबाट दुई उम्मेदवार उठेका थिए। सभापतिका अर्का उम्मेदवार प्रेमध्वज लामा पहिलो चरणबाटै बाहिरिएका थिए। सभापति उठ्न प्रेमध्वजले त्रिविको उपप्राध्यापकको जागिरसमेत छाडेका थिए। प्रेमध्वजले...