मानव अधिकार संगठन मकवानपुरमा सर्मिला श्रेष्ठ चयन
हेटौंडा । नेपाल मानव अधिकार संगठन, मकवानपुरको सभापतिमा सर्मिला श्रेष्ठ चयन भएकी छन्। शनिबार नेपाल मानव अधिकार संगठन मकवानपुरद्धारा आयोजित छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेसनमा श्रेष्ठको नेतृत्वमा उप सभापति राजबाबु पहाडी सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएकी हुन्। त्यस्तैगरि सदस्यमा अपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापा रहेका छन् । कार्यक्रममा निर्वाचन समितिको संयोजक कृष्ण प्रसाद दाहाल, सदस्यमा बिजेन्द्र अग्रवाल र अधिवक्ता रमा चौलागाई रहेका थिए । निर्वाचित कार्यसमितिले कृष्ण प्रसाद दाहाल, बासुदेव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवाललाई सल्लाकारमा चयन गरिएको छ । संगठनको नेतृत्वमा रहेर...