हेटाैँडाकाे उमपेयर एमालेले राप्रपा नेपाललाई छाड्ने संकेत, हेटाैँडा २ र ६ वडामा पनि दाबी !
हेटाैँडा । नेकपा एमाले र राप्रपा नेपालवीचको चुनावी तालमेलपछि मकवानपुरकाे स्थानीय तहका उम्मेदवार चुनिन छलफल शुरु गरिएकाे छ । बुधबार केन्द्रमा औपचारिकरुपमा एमाले र राप्रपा नेपालवीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एउटै चिन्हबाट उम्मेदवारी दिने भएसँगै जिल्लामा छलफल चल्न थालेकाे छ । यस अघि एमालेले छनाेट गरेका उम्मेदवारमा समेत हेरफेर हुन सक्ने भएकाे छ । यस्तो अवस्थामा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाको गृह जिल्ला तथा वाग्मती प्रदेशको राजधानी हेटौंडामा राप्रपाले उपमेयरसहित विभिन्न वडा अध्यक्षको दावी गर्ने बुझिएको छ । स्रोतका अनुसार हेटौंडामा राप्रपाले उपमेयरसहित दुईवटा वडा दावी गर्ने भएको छ । एउटै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने भएपछि...