केन्द्रसम्म पहुँच देखाएर हेटाैँडाकाे मेयर बन्ने दाउमा पराजुली र दाहाल
हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलबीच गठबन्धन गर्ने केन्द्रिय नीति रहेता पनि पछिल्लाे समय अधिकांश स्थानमा गठबन्धन ताेडिसकिएकाे छ । यसकाे असर बागमती प्रदेशकाे एक मात्र उपमहानगर हेटाैँडामा समेत परेकाे छ । नेपाली काग्रेश मकवानपुरका नेताहरुले हेटौंडा उपमहानगरपालिकाको मेयरमा काग्रेशले पाउनुपर्ने केही समय अघिबाटै माग राखिरहेका थिए । त्यसमा पनि अधिकांसले गत निर्वाचनमा निकटतम प्रतिद्वन्दि बनेका आनन्दराम पराजुलीलाई नै उम्मेदवार बनाउने काँग्रेस बृतमा चर्चा चलेकाे थियाे । केही समय अगाडी सम्पन्न काँग्रेस जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी बनेका पराजुलीले दाेश्राे चरणकाे निर्वाचनबाट बाहिरिदा नै उपमहानगरकाे मेयर पाउने शर्त राखेर बाहिरीएकाे हल्लाले बजार तातेकाे थियाे ।...