बाँकेमा जसपाले सत्ता गठबन्धनको निर्णय नमान्ने
काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा नेपालगञ्ज उपमहानगरको नेतृत्वबाट जनता समाजवादी पार्टी बाहिरिएपछि जिल्लास्तरबाटै गठबन्धनको निर्णयलाई लत्याउँदै उम्मेदवारी दिने संकेत देखिएको छ । बाँकेका चार स्थानीय तहमा कुनै पनि हालतमा गठबन्धन नगर्ने निर्णयमा पुगेर केन्द्रलाई पत्राचार गरेको जनता समाजवादी पार्टीले केन्द्रले कार्यकर्ताको भावनाविपरीत गरेको गठबन्धन नमान्ने संकेत दिएको छ । पार्टी बाँके अध्यक्षसमेत रहेका नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका आकांक्षी कमरुद्दिन राईले केन्द्रको गठबन्धनको निर्णय स्वीकार गर्न नसकिने अवस्था रहेको बताए । उनले भने, ‘हामी अहिले बैठकमा छौं । कार्यकर्ताको चौतर्फी दबाबमा छौं । लगभग केन्द्रले लादेको गठबन्धनको निर्णय नमान्ने अवस्था नजिक पुगेका छौँ, केही बेरमा निर्णय आउँछ ।’ पार्टीले बाँकेका चार...