बालेनका स्वकीय सचिव र नगर प्रहरी प्रमुखलाई कारबाहीको माग

काठमाण्डाैँ । काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले महानगर प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न र मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहलाई कारबाही गर्न माग गरेका छन् । महानगरपालिकामा क्रियाशील पाँचवटा कर्मचारी संघ संगठनले बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा कर्मचारीहरुले गत चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको अगुवाइमा कार्यालयमा मर्यादाविपरीत, अनुशासनहीन र गैरकानुनी काम भएको भन्दै यो घटनाको छानबिन गर्न समिति गठनको माग गरेका छन् । चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौं महानगरपालिकामा हाजिर गर्न आएका थिए त्यस क्रममा नगर प्रहरी बल उनलाई रोक्न लागेको थियो भने...