शहीदका पीडा बिर्सेका छैनौं : प्रचण्ड
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका–१८ फुलबारी डिपो बजारमा शहीद परिवारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ। सो अवसरमा शहीद परिवारको तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ । अध्यक्षले शहीद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै भन्नुभयो, “समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौं, नसके केन्द्रमा पुर्याएर अगाडि बढाउनेछौं।” उहाँका अनुसार अहिले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार देशभर शहीद तथा बेपत्ता परिवारहरूसँग संवाद भइरहेको छ। अध्यक्षले स्मरण गर्नुभयो, “प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरिएको थियो, जुन शहीद, बेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो।” अदालतको आदेशका...