कुलमानलाई हटाएकोमा सरकार विरुद्ध हेटौंडामा प्रदर्सन

हेटौंडा ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा हेटौंडामा नेकपा माओवादी केन्द्रले प्रर्दशन गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन बाइसिएल र अखिल क्रान्तिकारी मकवानपुरको अगुवाईमा विरोध र्याली भएको हो । हेटौंडाको सिमा चोकमा जम्मा भएर प्रर्दशनकारीले कायकारी निर्देशकबाट कुुलमानलाई हटाएकोमा विरोध गर्दै टुुकी बालेर हेटौंडा बजारको विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । प्रर्दशनकारीले सरकार विरोधी नारा लगाएका थिए । कुलमानकोे पुर्नबहालीको माग गर्दै प्रर्दशनकारीले सरकारको राजीनामा मागेका थिए । प्रर्दशनकारीले प्रधानमन्त्री केपी ओली र उर्जा मन्त्री दीपक खड्काको पुत्ला समेत जलाएका छन् । प्रर्दशनकारीले सीमा चोकबाट विरोध ब्यानर, नाराबाजीसहित टुुकी बालेर बुद्धचोक,...