विश्वकप लिग २ काे हाइस्कोरिङ खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं । नेपालको आईसीसी विश्वकप लिग २ को अमेरिका यात्रा पनि पराजयबाट शुरु भएको छ । प्रतिस्पर्धात्मक खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो । डालासको ग्राण्ड प्रेरी मैदानमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा पुरा गर्यो । अमेरिकाका ओपनर शायन जहाँगीरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिकाले जित्यो । यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११-११ रन बनाए । ११ रन अमेरिकाले अतिरिक्त पायो । छ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४...