भ्यानकाे ठक्करबाट ओमकुमारकाे मृत्यु

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । को १ च ९८५५ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पथरी शनिश्चरेका ३४ वर्षीय ओमकुमार विकको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।