मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो, पहिरोमा परि पाख्रीन बेपत्ता
हेटौंडा । मकवानपुरको थाहा नगरमा खोलाले बगाउँदा घाईते भएकी १२ वर्षीय बालिका सञ्चना बलामीको मृत्यु भएको छ । थाहानगरपालिका वडा नंबर ३ दम्किबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरि अस्पताल पुर्याएकी उनको अस्पतालमा ज्यान गएको रेडियो पालुङका पत्रकार ध्रुबराज ढकालले बताए । विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने सञ्चना बलामी तथा स्थानीय युवा सन्तोष बलामाीलाई दम्किबाट बगाएको थियो । त्यस्तै कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी तारामाया पाख्रीन बेपत्ता भएको वडा नं ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो ।