आफैं गभर्नर हुने वातावरण बनेपछि विश्व पौडेलले दिए सिफारिस समितिबाट राजीनामा
काठमाडौं । आफै गभर्नर बन्ने वातावरण बन्दै गएपछि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएको बताइएको छ । आफैँ गभर्नर बन्ने वातावरण बनेपछि पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति अगाडि बढ्न नसकेपछि कांग्रेसले पौडेललाई अघि सारेको छ । यसअघि गभर्नर बनाउने भन्दै भट्टलाई राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिन लगाइएको थियो । यद्यपि...