सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु ,१५ जना घाइते

काठमाडौं । महोत्तरीमा भएको पिकअप गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गढीमाई मेलाबाट फर्किरहेको अवस्थामा उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.२ की सकुन्तला देवी र भारत बिहारको जयनगरकी ६५ वर्षीया वर्षनिया महतो रहेको छन् । घाइतेहरुको उपचार भइरहेको बताइएको छ ।