हेटौंडामा युवा झुण्डद्वारा रक्तदान

हेटौंडा । ईसाई धर्मालम्वीहरुको चाड क्रिसमसको पुर्व सन्ध्यामा हेटौंडामा रक्तदान भएको छ । हेटौंडा ख्रिष्ट्रियन अन्तर मण्डली युवा झुण्डको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ३९ जनाले रक्तदान गरेको झुण्डका अध्यक्ष केशव घिमिरेले जनाएका छन् । रक्तदान कार्यक्रममा हेटौंडा ख्रिष्ट्रियन चर्चका संस्थापक एल्डर पवन न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।