२१ किलो गाँजासहित हेटौंडामा २ जना पक्राउ

हेटौँडा । गाँजा ओसार्न प्रयोग गरेको एउटा कारबाट २१ किलो लागुऔषध गाँजासहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ का ४० बर्षीय राजकुमार मोक्तान र उक्त कारका चालक धनुषाको मुखियापट्टी गाउँपालिका वडा नम्बर ६ का ४२ बर्षीय अशोककुमार यादव रहेका छन् । पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानी अगाडि भएको चेकजाँचका क्रममा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर०६बिजि ९५१२ नम्बरको कारको डिक्किमा ५ वटा प्याकेट बनाई लुकाई राखेको अवस्थामा गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए । प्रहरीले बरामद गरेको गाँजा र पक्राउ परेका दुईजनालाई...