पत्नि हत्याको अभियोगमा रुपन्देही र प्यूठानमा २ जना पक्राउ

काठमाडौं । पत्नि हत्याको अभियोगमा रुपन्देही र प्यूठानमा एक–एक जना पक्राउ परेका छन् । रुपन्देहीमा ३० वर्षीया पत्नि कान्छी सुवेदी ९कुमाल०लाई ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–१ बस्ने ३० वर्षीय सनी कुमाललाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण उनले आफ्नै पत्तिलाई ह्याम्मर प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ। उता, प्यूठान मालारानी–३ की खोयादेवी गिरीको हत्या अभियोगमा उनका पति खोडस गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बेपत्ता भएको भनिएकी खोयादेवीको शव स्थानीयले खोजतलास गर्दा खरको मुठ्ठाले छोपेको अवस्थामा फेला पारेपछि हत्याको आशंकामा पतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।