मकवानपुरबाट बुद्धचित्त र रुद्राक्षसहित तिन जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले बुद्धचित्त र रुद्राक्ष सहित तिन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमाल गा.वि.स वडा नम्बर-२ बस्ने ४२ बर्षीय जगत लामा तामाङ र सोही गा.वि.स वडा नम्बर- ६ बस्ने ४२ बर्षीय सुर्यमान तामाङ रहेका छन् । उनीहरुलाई मनहरी गाँउपालिका–७ मनहरी बजार स्थित पुर्व–पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलिले पक्राउ गरेको हो । काठमाण्डौबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको भारतिय कारलाई रोकी चेकजाँच गर्दा उक्त कार भित्र बोरा र झोलामा लुकाई छिपाई ल्याएको बुद्ध चित्त माला १७७० थान र...